You are hereनव सफलता शास्त्र
नव सफलता शास्त्र
जन्मनु नै मान्छेको जीत हो, तर यस जीतलाई ठम्याउन सकेन भने ऊ सधैं हार्छ। अनि उसले सफलताको पुरस्कार बोकर असफल हुनको पीडा भोग्न थाल्छ। You can loose battle, but not war.। ब्याटल अर्थात् लडाइँ जुन थुप्रै संख्यामा, थुप्रै ठाउँमा लडिन्छ तर वार अर्थात् युद्ध भने यी सबै लडाइँको निचोड हो। अतः ब्याटल जित्नु-हार्नुको खासै महत्व रहँदन, वा यसको दीर्घकालीन महत्व हुदैन किनभने जतिवटा लडाइँ हारे पनि एउटै युद्ध जितियो भने पुराना सबै हारहरू पनि जीत नै हुन्छ। जस्तो कि पृथ्वीनारायण शाहले नुवाकोट लडाइँदेखि कीर्तिपुरको लडाइँसम्म पटक-पटक हार भोग्नु परेको थियो तर जीत उनकै पोल्टोमा पर्यो। किनभने उनले लडाइँ हारेका थिए र जितेका थिए सिंगो युद्ध, अतः मान्छे भएर धरतिको आँगनमा पाइला टेक्न सफल हुनु नै तपाईले युद्ध जित्नु भएको पहिलो उदाहरण हो। हो, संसारको संघर्षमा स-सानो लडाईं पहिला हुन्छ र कैयन् यस्ता लडाइँको निचोडस्वरूप हार-जीतको छिनोफानो गर्ने ठूलो युद्ध हुन्छ। तर जीवनमा भने युद्ध पहिल्यै हुन्छ। जस्तो कि मान्छे हुनुभन्दा पहिले हामी शुक्रकीटको रूपमा विकसित हुन्छौं। यस्ता करोडौं शुक्रकीटहरुमध्ये सबभन्दा बलियो, सबभन्दा चनाखोले मात्र आमाको डिम्ब निशेचन गर्दछ, र ऊ मान्छे भई जन्मन्छ। त्यसपछि भने स-सानो लडाईं शुरू हुन्छ परिवारभित्र, साथीभाइमाझ, आफ्ना सहकर्मीहरुसित, प्रतिस्पर्धीहरुविच अदि ।
Recent Publications
Systematically Scientific Yoga and Meditation
Manokranti yoga is systematically scientific because, for the first time in yogic history, lesson composition has been translated into a balanced and holistic formula. This formula may in fact become a landmark in yogic systems. Manokranti Yoga...
जन्मनु नै मान्छेको जीत हो, तर यस जीतलाई ठम्याउन सकेन भने ऊ सधैं हार्छ। अनि उसले सफलताको पुरस्कार बोकर असफल हुनको पीडा भोग्न थाल्छ। You can loose battle, but not war.। ब्याटल अर्थात् लडाइँ जुन थुप्रै संख्यामा, थुप्रै ठाउँमा लडिन्छ तर वार अर्थात् युद्ध भने यी सबै लडाइँको निचोड हो। अतः ब्याटल जित्न...
मानवजातिले ५ हजार वर्षवीच बुझ्न नसकेको तर सबभन्दा बुझ्नै पर्ने विषयवस्तु हो सह-अस्तित्ववाद । दुर्भाग्य यस्तो रह्यो कि, हाम्रो समाज एक आपसमा सहयोग भन्दा एक आपसमा प्रतिस्पर्धामा बढी निमग्न भएको पाउँछौं हामी ।
याद राख्नुस् यसलाई - "मान्छे उठ्यो भने भगवान, खस्यो भने शैतान । अनि जो उठ्न पनि सक...
मेरो प्रेम स्वीकार गर्नुहोस् ।
सौभाग्यवश म कुनै राजनैतिक पार्टीको सदस्य होइन, म कुनै राजनैतिक शास्त्रको समर्थक पनि हैन न तर विरोधी नै । राजनीतिको म विद्यार्थी पनि होइन, यहि नै मेरो योग्यता हो राजनीतिमाथि वोल्ने, राजनीतिमाथि वहस गर्ने । तपाईहरुलाई अनौठो लाग्ला कि जुन व्यक्ति राजनैतिक कार्यकर...
मनुष्यको जन्म हुँदैन, उसको शरिरको हुन्छ । मेरो शरिरको जन्म वि.सं. २०१८ साल आषाढ २ गते काठमाडौंमा भएको भनिएको छ । आफूलाई थाहा हुने कुरै भएन , त्यसैले काम चलाउन मात्रै भएपनि विश्वास गर्नै पर्यो । जसरी मान्छेको जन्म हुँदैन, त्यसैगरि उसको कुनै जातपात पनि हुँदैन । समाजले नवजात शिशुमाथि जात-थर थोपर्ने...









