You are hereमनोक्रान्ति म्याट्रिक्स
मनोक्रान्ति म्याट्रिक्स
मनोक्रान्तिको अभियानले नेपालको काठमाडौंमा सन् २००६ मा मनोक्रान्ति म्याट्रिक्सको स्थापना गरेको छ। 'म्याट्रिक्स' भनेको त्यस्तो ठाउँ हो जहाँ कोइला चाप र तापका माध्यमबाट हीरा बन्ने गर्छ। त्यस्तो वातावरणलाई मनोक्रान्ति भनियो। जहाँबाट हामीमा हाम्रो आफ्नै प्रयास र मनोक्रान्ति समुदायको मद्दतमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। मनोक्रान्ति म्याट्रिक्समा हामीले आध्यात्मिक उन्नति प्राप्त गर्नेछौ। त्यसका लागि यहाँ योगको अभ्यास, ध्यान, स्वस्थबर्द्धक खाना, भिजुअलाईजेशन प्रकृया, हाँस्य-चिकित्सा, नृत्य चिकित्सा, जडिबुटी चिकित्सा र जीवन दर्शनका बहुमूल्य प्रवचनहरू संचालन हुन्छन्।
मनोक्रान्ति म्याट्रिक्स गुरुकुल, गोदावरीमा गुरुदेवद्वारा आफ्ना चेला र साधकहरूलाई मनोक्रान्तिको अवधारणाका बारेमा प्रशिक्षणहरू भइरहन्छन्। प्रशिक्षणका क्रममा साधकसाधिकाहरूले आत्मरुपान्तरण, आध्यात्मिकता, विज्ञान, सिर्जनशीलता र मानव सम्भावनाहरूका बारेमा अनुभव प्राप्त गर्छन्। साधकहरूले प्रशिक्षणकै क्रममा विभिन्न अनौठा-अनौठा काम पनि गर्ने गर्छन्। ९१ दिनसम्म पानीमात्र खाएर भू-तपस्या बस्नुजस्ता वैज्ञानिक रुपमै असम्भव ठहरिएका पुरुषार्थ पनि गर्छन्। साधकहरू आफ्नो विश्वासलाई परिवर्तन गरेर मनोक्रान्तिले सिकाएको नयाँ ढंगबाट सोच्ने र बाँच्ने गर्छन्। ४५ घन्टा लगातार बोल्नु , ११ घण्टा भन्दा बढी टाउकोले टेकेर रहनु, आफ्नो पेटमा जीप गुडाउनु आदि मनोक्रान्ति साधकहरूले माइण्ड टेक्नोलोजीद्वारा गरेका केही पुरुषार्थहरू हुन्।
यो म्याट्रिक्समा स्वास्थ विभाग पनि संचालन भएको छ। जहाँ बिरामीहरूले सकारात्मक विचार, आत्मविश्वास र अध्यात्मद्वारा आफ्ना शारीरिक तथा मानसिक रोगहरूको उपचार आफैले गर्न सक्छन्।




